लिभरपुलले नयाँ सिजनमा खेलाडी अनुबन्ध नगर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

लिभरपुलले नयाँ सिजनमा खेलाडी अनुबन्ध नगर्ने

liverpool

एजेन्सी, २० वैशाख । इंग्ल्याण्डको फुटबल क्लब लिभरपुलले नयाँ सिजनामा खेलाडी अनुबन्ध नगर्ने भएको छ । कोरोना भाइरसका कारण आर्थिक समस्या भएपछि लिभरपुलले यो सिजनमा एक जना पनि खेलाडीमा रकम खर्च नगर्ने भएको हो ।

कोरोनाका कारण प्रिमियर लिगस्थगित भएपछि क्लवमा ठुलो आर्थिक समस्या भएको भन्दै यो सिजनमा कुनै नयाँ खेलाडी नभित्र्याउने लिभरपुलले निर्णय गरेको हो । लिभरपुलले पछिल्लो तीन बर्षदेखि आँखा लगाएका दुई खेलाडी टिमो वेरनेर र होउसिम ओउरलाई भित्र्याउने तयारी गरेको थियो ।

यसका लागि लिभरपुलले ४ करोड पाउण्डसम्म खर्चने भएको थियो । अहिले लिभरपुलले अर्को सिजनका लागि बजेट बनाउन सुरु गरेको छ । हरेक खेलको आम्दानी गुमाउदा लिभरपुललाई एक दिनमा ३० लाख पाउण्ड नोक्सानी भइरहेको छ । यदि प्रिमियर लिग बन्द रंगशालामा खेलाइयो भने लिभरपुलले १०करोड पाउण्ड नोक्सानी वेहोर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);