काठमाडौं, ७ वैशाख । काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुमा कोरोना भाइरसको संक्रमण भए-नभएकोबोर र्यापिड टेष्ट थालेको छ । विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको र्यापिड टेष्ट थालिएको हो ।
आइतबार महानगरले वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ । विदेशबाट आएका व्यक्ति भन्ने वित्तिकै त्रास फैलिरहेको र त्यसलाई परीक्षणले कम गर्ने मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।
विदेशबाट आएका नागरिकहरुले आफ्नो पायक पर्ने वडामा गएर परीक्षण गर्न सक्नेछन् । विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा विदेशबाट आएका नागरिकमानै देखिएको थियो ।