रुपन्देहीको सीमा क्षेत्रमा उच्च सतर्कता | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

रुपन्देहीको सीमा क्षेत्रमा उच्च सतर्कता

rupandehi uchha satarkata

विवेक विश्वकर्मा
रुपन्देही, २५ चैत । रुपन्देहीको सीमा क्षेत्र नजिकै भारतीय क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएपछि उच्च सर्तकता अपनाइएको छ । सीमा क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय तहहरुले समेत निगरानी बढाएका छन् ।

रुपन्देहीको मर्चवार क्षेत्रबाट ५ किलोमिटर वरपर भारतीय क्षेत्र कोल्हुई र त्यस आसपासमा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रका भारतीयहरु नेपालमा आफन्त कहाँ आउने सम्भावना बढेको छ । यसै कुरालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा हुने दोहोरो आवागमन रोक्न प्रहरीसंगै स्थानीय तहहरु पनि सजग रहेका छन् । रुपन्देही प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले सीमा क्षेत्रमै कोरोनाको संक्रमण देखिएकोले थप सजकता अपनाईएको बताउनु भयो ।

भारतसगँ जोडिएको साना गोरेटो बाटोदेखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी भइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले पनि शनिबार देखी जिल्लामा थप जनशक्ति परिचालन गरेको छ । यस अतिरिक्त अहिले सीमामा स्थानीय तह पनि खटेको छ । सुरक्षाकर्मी परिचालन गरेर मात्र दोहोरो आवागमन नरोकिए अब स्थानीयहरु नै भारतीयलाई लखेट्ने सीमा क्षेत्रका बासीन्दाको भनाई छ । भारतबाट आउने आफन्तलाई तत्कालका लागि घर अथवा गाउँमा प्रवेश नदिने रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो ।

जिल्लाको सुरक्षाकर्मीको नेतृत्व नै सीमा क्षेत्रमा खटिएको छ । रुपन्देहीको प्रहरी प्रमुख हेम कुमार थापा र डिएसपी खडक् बहादुर खत्री अहिले जिल्लाको फरक फरक क्षेत्रमा खटिनु भएको छ । यसको अलावा सशस्त्र र जनपद दुवैले सीमावर्ती क्षेत्रमा गाडी मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्ती लगायतका माध्यमबाट सीमाको निगरानी गरिरहेका छन् । स्थानीय तहले पनि बिभिन्न प्रकारको जनचेतनामूलक कार्यक्रमहरुबाट अहिले सीमा क्षेत्रमा आफ्नो उपस्थिति जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);