कोरोनाविरुद्ध लड्न जाभीले गरे १ मिलियन युरो सहयोग | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

कोरोनाविरुद्ध लड्न जाभीले गरे १ मिलियन युरो सहयोग

xavi donates 1m

एजेन्सी, २३ चैत । स्पेन तथा बार्सिलोनाका पूर्व मिडफिल्डर जाभी हर्नान्डेजले कोरोना भाईरसविरुद्ध लड्न १ मिलियन युरो आर्थिक सहयोग गरेका छन् । कोरोनाविरुद्ध लडिरहेको बार्सिलोनाको एक अस्पताललाई जाभीले १ मिलियन सहयोग गरेका हुन् ।

कतारी क्लब अल सादका मुख्य प्रशिक्षक जाभीले उपलब्ध गराएको सहयोगबाट अस्पतालले आवश्यक औषधि तथा चिकित्सा उपकरणहरु खरीद गर्ने जनाइएको छ ।

गत महिना उक्त अस्पताललाई म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवाला र बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सहयोग गरेका थिए ।स्पेनमा कोरोनाका कारण १० हजार मानिसको ज्यान गएको छ ।

यसैगरी फुटबल खेलाडी नेयमारले ब्राजिलमा कोरोना भाइरस संक्रमणविरुद्धको अभियानका लागि १० लाख डलर सहयोग गरेका छन । नेयमार विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडीमध्ये तेस्रो स्थानमा पर्छन ।

नेयमारको प्रदान गरेको उक्त रकम युनिसेफको चिल्ड्रेन्स फन्ड र आफ्नै साथी लुकानो हन्कले स्थापना गरेको संस्थाले प्रयोग जनाइएको छ  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);