काठमाडौं, १९ फागुन । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने र पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउने सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाउने निर्णय गरेको हो । यसबारे अघिल्लो बैठकमा पनि छलफल भएको थियो । उनलाई फिर्ता बोलाउनुको कारण भने खुलाइएको छैन ।
संसदीय सुनुवाइ तथा चीनको सहमतिलगायत प्रक्रियाले पाण्डेलाई जिम्मेवारी सम्हाल्न कम्तीमा दुई महिना लाग्नेछ । पौडेल ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर भएकाको सूचीमा नभए पनि अन्य छानबिनमा परेका वा चीनभित्रै कुनै समस्या देखिएर फिर्ता बोलाइएको हुन सक्ने बताइएको छ ।