राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार पार्टीको होइन : राजन भट्टराई | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार पार्टीको होइन : राजन भट्टराई

राजन

काठमाडौं, १६ फागुन । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार क्षेत्र पार्टीको नभएको बताउनुभएको छ ।

राष्ट्रियसभा सदस्यको मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेअनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने उहाँले बताउनुभयो । सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मनोनयनको विषयमा पार्टीको निर्णय भन्ने हुँदैन । अस्ति १८ जनाको विषयमा पार्टीले निर्णय ग-यो निर्वाचन भयो । यो मनोनयनको विषय राष्ट्रपतिको विषय हो । पार्टीले निर्णय गरेर यो गर भन्ने होइन् । सुझाव दिएको छ । त्यो सुझावलाई सरकारले कसरी लिन्छ भन्नेमा प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण र म्याच्युअर हिसाबले निष्कर्ष निकाल्नुहुन्छ ।’

भट्टराईले गौतमको विषय व्यवस्थान नहुने विषय नभएको र उपयुक्त हिसाबले व्यवस्थापन हुने बताउनुभयो । नतिजा के हुन्छ भन्ने कुरा १, २ दिनभित्र टुंगो लाग्ने भएकाले अहिले बोल्न हतारो हुने उहाँले बताउनुभयो ।

एमसीसीको विषयमा प्रधानमन्त्रीले संसदबाट नै पारित हुन्छ भनिसकेपछि पारित हुने उहाँले बताउनुभयो । राष्ट्रहित विपरितका कुराहरु छन् भने पारित गर्न नहुने उल्लेख गर्दै उहाँले मुलुकको सार्वभौमिकता विपरित, सैन्य र राजनीतिक गठबन्धन लगायतका पक्षमा दायाँबायाँ हुने छुट वर्तमान सरकारलाई नभएको उहाँले बताउनुभयो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मुछिएका बास्कोटामाथि छानबिन हुने र आरोप प्रमाणित भए कारवाही हुने उहाँले बताउनुभयो । तर छानबिन पुरा नहुँदै अपराधि जस्तो व्यवहार गर्नु उपयुक्त नहुने भट्टराईले बताउनुभयो ।

सिमा समस्या समाधानका लागि छिट्टै वार्ता

भारतसँग सीमा समस्या समाधानका लागि छिट्टै वार्ता हुने पनि भट्टराईले बताउनुभयो । विदेशसचिव स्तरको वार्ताका लागि नेपालले पठाएको पत्रको जवाफ भारतले दिएपनि मिति भने तय नभएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);