प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य : डा. बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य : डा. बाबुराम भट्टराई

Baburam-bhattrai-1

काठमाडौं, २ फागुन । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवशरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताउनुभएको छ ।

शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँग बोल्दै डा. भट्टराईले तत्कालिन राजा ज्ञानेन्द्रले शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका स्व. गिरिजा प्रसाद कोइरालाले आग्रह गरेको बताउनुभयो ।

१२ बुँदे समझदारीमा नै कांग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डको बानी नै सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने छ । उत्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो । पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन । हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ (गिरिजा) ले ठोक्नुप-यो भनेर चाँही भन्नुभएको हो । लौन कारवाही अगाडी बढाउनुप-यो उहाँले भनेको हो म पनि साक्षी थिए । एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत् गर्नुभएन । नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी कारवाही बढाउनुप-यो भन्नुभएको हो ।’

वितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?

Prakashman-Singh

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालिन सभापति गिरिजाप्रसा कोइराला ज्युँदै हुँदा नभनेको कुरामा केही भन्न नसकिने बताउनुभयो । ‘खोई गिरिजा प्रसाद कोइराला जिउँदै हुँदा उहाँ (प्रचण्ड) ले केही बोल्नुभएन् । वितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने ?’, उहाँले भन्नुभयो ।

नेकपा अध्यक्ष दाहालले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा जनयुद्धका बेला तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग फोनमा कुराकानी भएको फैजी कारवाही बढाउन आग्रह गरेको बताउनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);