पूर्व सचिव कार्कीका कामदार मृत फेला, श्रीमती गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

पूर्व सचिव कार्कीका कामदार मृत फेला, श्रीमती गम्भीर घाइते

woman dead

काठमाडौं, २७ माघ । पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी छन् । घरमा काम गर्ने विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

ललितपुर उपमहानगरपालिका-२, सानेपाको घरको भान्छा कोठामा फेला परेकी कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको छ ।