प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

काठमाडौँ, २ असोज । गृह मन्त्रालयले प्रहरीभित्र ३० वर्षे सेवापछि अवकासको प्रावधान हटाउने प्रस्तावसहित नयाँ कानुनको मस्यौदा तयार गरेको छ । प्रस्तावित विधेयकमा उमेरको अधिकतम हद ५८ वर्ष मात्र कायम हुने उल्लेख छ। उक्त प्रस्ताव व्यवस्थापिका–संसदबाट पारित भए नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै महानिरिक्षकको सेवा अवधि स्वत: थप हुने छ।

प्रहरी महानिरिक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत २९ गतेदेखि अनिवार्य अवकास पाउँदैछन्। नेपाल प्रहरीमा अर्याल र अन्य अतिरिक्त प्रहरी महानिरिक्षक पनि एकै दिन अवकास हुनेछन् । प्रहरी संगठनभीत्र अहिले अवकासको आधार ३० वर्षे सेवा अवधी र ५८ वर्ष उमेर हद कायम छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी दुवैका प्रस्तावित व्यवस्थामा अवकासका लागि उमेर हद र पदावधि दुई विकल्प तोकिएको छ । पहिलो विकल्पमा प्रहरी वरिष्ठ उपरिक्षकदेखि महानिरिक्षकसम्मलाई उमेर हद ५८ वर्ष तोकिएको छ । दोस्रो, प्रहरी महानिरिक्षक नियुक्ति भएको मितिले ३ वर्षसम्म पदमा रहन पाउने उल्लेख छ। उमेरको हद र पदावधि मध्ये जुन अवधिबाट पहिले अवकास हुने हो सोही आधारमा सेवाबाट अवकास हुने पनि उल्लेख छ।

दुवै प्रहरीमा महानिरिक्षकसहित माथिल्ला तहका प्रहरीलाई प्रस्तावित कानुनले सेवा बढाउन मद्धत पुर्‍याउँछ । तर, निरिक्षक, उपरिक्षक तहका सयौं प्रहरीको स्वभाविक बढुवामा भने असर पुर्‍याउने भन्दै असन्तोष पनि सुरु भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);