अब डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव हुँदैन : मन्त्री ढकाल | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

अब डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव हुँदैन : मन्त्री ढकाल

डडेल्धुरा, ७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालमा चिकित्सक अभावको समस्या छिट्टै समाधन गर्ने बताउनु भएको छ ।

मंगलबार डडेल्धुरा अस्पतालको निरीक्षणका क्रममा मन्त्री ढकालले अस्पतालमा चिकित्सकको संख्या बढाउँदै लैजाने बताउनु भएको हो । बैतडीमा ट्रमा सेन्टरको सम्भाव्यता अध्ययन गर्न जाने क्रममा डडेल्धुरा पुग्नु भएका मन्त्री ढकालले विशिष्ट चिकित्सक अभाव छिट्टै समाधन गर्नेे आश्वासन दिनुभयो ।

लामो समयसम्म चिकित्सक अभाव रहेको अस्पतालमा अब क्रमिक रुपमा डाक्टरको पदपूर्ति हुँदै जाने उहाँको दाबी छ । डडेल्धुरा अस्पतालले विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक पाउन सकेको छैन । जसले गर्दा विरामीले समयमा उपचार पाउनबाट बन्चित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);