काठमाडौं, २५ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भुगोल नहुने बताउनुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सिमाले नरोक्ने उल्लेख गर्नुभयो ।
मन्त्री त्रिपाठीले नेपाल भूगोलले सानो भएपनि भौगोलिक, सामुदायिक, सांस्कृतिक र भाषिक विभिदताले ठुलो र सम्पन्न देश भएको बताउनुभयो । उहाँले हिन्दी र नेपाली भाषा दुवैको उद्गम संस्कृत भएकाले सभ्यतापनि एउटै भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि भारतीय कार्यबाहक राजदूत डाक्टर अजय कुमारले नेपाल र भारतलाई भाषाले बलियोसँग जोडेको बताउनुभयो ।उहाँले दुवै भाषाको लिपि देवनागरिक हुन र संस्कृति एउटै हुनु यसको बलियो आधार भएको उल्लेख गर्नुभयो ।