शिक्षाको गुणस्तर शिक्षकको स्तरबाट मापन गर्न सकिन्छ : शिक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शिक्षाको गुणस्तर शिक्षकको स्तरबाट मापन गर्न सकिन्छ : शिक्षामन्त्री

काठमाडौं, २५ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षाको गुणस्तर शिक्षकको स्तरबाट मापन हुने बताउनुभएको छ ।

माद्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । मन्त्री पोखरेलले गुणात्मक शिक्षा दिनसक्ने शिक्षाबिना गुणात्मक शिक्षाको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

‘शिक्षाको स्तर कस्तो छ भन्ने कुरा शिक्षकको स्तर कस्तो छ भन्ने कुराले निर्धारण गर्छ’, उहाँले भन्नुभयो । मन्त्री पोखरेलले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको समेत बताउनुभएको छ । देश कता जान्छ भन्ने कुरा शिक्षा कस्तो छ भन्ने कुराले निर्धारण गर्ने र शिक्षा कस्तो छ भन्ने कुरा शिक्षक कस्तो छ भन्ने कुराले निर्धारण गर्ने उहाँले बताउनुभयो ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले माध्यामिक शिक्षाको पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिनुले बढी अलमल भएको बताउनुभयो ।

९८ प्रतिशत बालबलिका विद्यालयमा
नेपालमा शिक्षाको क्षेत्रमा विकास भएको कुरा विद्यालय जाने उमेर पुगेका ९८ प्रतिशत बालबलिका विद्यालय जानुले पनि पुष्टि गरेको उहाँले बताउनुभयो । उहाँले आवश्यक दरबन्दी सिर्जना गर्न लगायतका शिक्षा संगठनहरुले उठाएका मागहरु पुरा गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा प्रगति भएपनि गुणस्तरिय बनाउन सरकारले ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । माद्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);