प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न नेकपाको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न नेकपाको प्रस्ताव

nekapa sachibalaya latest

काठमाडौं, १३ पुस । नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा बनाउन प्रस्ताव गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम ’वाग्मती’ राख्न र राजधानी ’हेटौंडा’ बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकमा सभामुख चयन तथा राष्ट्रियसभा निर्वाचनकाबारे भने छलफल हुन सकेन । नेकपाका महासचिव बिष्णु पौडेलले समय अभावका कारण सभामुख चयन र राष्ट्रिय सभाको निर्वाचन वारे छलफल हुन नसकेको जानकारी दिनु भयो ।

आइतबारको बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको कुर्सीसँगै राखिएको थियो । दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि ओली र दाहालको कुर्सीसँगै राखेर बालुवाटारमा सचिवालय बैठक भएको यो पहिलो पटक हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);