कालीमाटीको जग्गा पनि सस्तैमा यतिलाई | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

कालीमाटीको जग्गा पनि सस्तैमा यतिलाई

yetilai sastoma jagga

काठमाडौं, १२ पुस । नेपाल ट्रस्टको कार्यालयले राजधानीको कालीमाटीस्थित चार रोपनी जग्गासमेत कानुन मिचेर यति समूहलाई लिजमा दिएको भेटिएको छ । ट्रस्टले ३० वर्षमा करिब १९ करोड रुपैयाँ भाडा लिने गरी यति समूहको थामसेर्कुसँग सम्झौता गरेको हो ।

राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रस्टका कार्यकारी सचिव गजेन्द्र ठाकुरले कालीमाटीको जग्गा थामसेर्कुलाई भाडामा दिइएको बताए । ‘नेपाल ट्रस्टको कार्यालयले टेन्डर निकालेको थियो, प्रतिस्पर्धा हुँदा थामसेर्कुले नै ट्रस्टलाई बढी लाभ हुने गरी आर्थिक प्रस्ताव गर्‍यो,’ उनले भने, ‘सम्झौता भइसकेको छ । तर काठमाडौं महानगरपालिकाले नक्सापास गरेको दिनदेखि मात्रै अवधि गणना हुन्छ ।’

सचिव ठाकुरले कानुनसम्मत प्रतिस्पर्धाबाट थामसेर्कु छानिएको दाबी गरे पनि नेपाल ट्रस्टको अभिलेखले त्यसको पुष्टि गर्दैन । थामसेर्कु र क्लिन इन्फ्रास्ट्रक्चर प्रालिले प्रस्ताव पेस गरेकामा थामसेर्कु छानिएको कार्यालयका सूचना अधिकृत अमृत महर्जनले बताए । टेन्डर प्रक्रिया पूरा हुन कम्तीमा तीनवटा कम्पनीले प्रतिस्पर्धा गर्नुपर्छ । निर्णय हुँदा अर्जुनबहादुर कार्की सचिव र लेखबहादुर कार्की सहसचिव थिए । दुवैजना दरबारमार्गको विवादास्पद लिज प्रक्रियामा पनि सामेल थिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);