सिमेन्टमा नयाँ मापदण्ड लागु नगर्न सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

सिमेन्टमा नयाँ मापदण्ड लागु नगर्न सांसदको माग

काठमाडौं, ७ पुस । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सिमेन्टको मापदण्ड र गुणस्तरमा परिवर्तन भइनसकेको बताएपछि सांसदहरुले आपत्ती जनाएका छन् ।

संसदको सार्वजनिक लेखा समितिको सोमवारको बैठकमा सचिव खतिवडाले समितिमा भुठो विवरण दिएको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले नेपालको पश्चिमी क्षेत्रको चुनढुंगा खानीमा ६÷७ प्रतिशत सम्म अघुलनशिल पदार्थ (म्याग्रेसियम अक्साइड) को मात्रा रहेको बताए पछि सांसदहरु आक्रोशित भएका छन् ।

संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सचिव खतिवडाले सिमेन्टको मापदण्ड परिवर्तन गरिएको फाइल तयार भएपनि संसदबाट पारित भइनसकेको र राजपत्रमा समेत प्रकाशित नभएकाले लागू नभएको बताउनुभयो ।

यो सँगै समितिका सभापति भरतकुमार शाहले सचिव खतिवडाले झुट बोलेको भन्दै आपत्ती जनाउनुभयो । उहाँले मन्त्रीलाई समेत हस्ताक्षर नगराई फाइल राखेको भन्दै समितिलाई झुक्याउने प्रयाग नगर्न आग्रह गनुर्भयो ।

यता सांसद धर्माशीला चापागाईले नेपालको कुनैपनि ढुंगा खानिमा ३ प्रतिशत भन्दा बढी अघुलनशिल पदार्थ नभएको भन्दै सचिव खतिवडाको भनाई मान्न तयार नभएको बताउनु भयो ।

यस्तै नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले परिमार्जित मापदण्ड कार्यान्वयनमा आइनसकेको र समितिले दिएको निर्देशन मान्न तयार भएको बताउनुभयो ।

महानिर्देशक पुठासैनीको भनाइसँगै सांसद अमनलाल मोदीले विभागका कर्मचारी र मन्त्रालयको सचिव उद्योगीहरुको प्रभावमा परेकाले सिमेन्टको मापदण्ड परिवर्तन गरेको बताउनुभयो ।

नेपाल गुणस्तर परिषद्को गत असार १८ गते बसेको बैठकले सिमेन्ट उत्पादनमा प्रयोग हुने अघुलनशील कच्चा पदार्थ (म्याग्रेसियम अक्साइड) को मात्रा ५ प्रतिशतबाट ६ प्रतिशतमा बढाउने निर्णय गरेको थियो ।

त्यस्तै अर्को अघुलनशील पदार्थ (आइआर)को मात्रा २ प्रतिशतबाट ४ प्रतिशत पु-याएको थियो । परिषद्ले २०५५ सालमा तय भएको उक्त मापदण्डलाई परिवर्तन गरेर नयाँ मापदण्ड तयार गरेपछि सिमेन्टको गुणस्तर कमजोर बनाउन लागिएको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);