तीन तहका सरकारबीच समन्वय नहुँदा कृषि योजना प्रभावित | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

तीन तहका सरकारबीच समन्वय नहुँदा कृषि योजना प्रभावित

krishimantri ghan shyam bhusal

काठमाडौं, २२ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले तीन वटै तहका सरकारबीच समन्वय हुन नसक्दा कृषिका योजनाहरु प्रभावित भएको बताउनुभएको छ ।

सिंहदरबार स्थित मन्त्रालयमा आइतबार पत्रकारहरुसँग कुरागर्दै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय नहुँदा कृषिका योजनाहरु कार्यान्वयन गर्न नसकिएको बताउनुभएको हो ।

त्यसका लागि प्रदेश सरकारका कृषि मन्त्रीहरुसँग आइतबार मन्त्रालयमा छलफल गरिरहेको समेत उहाँले बताउनुभयो । उहाँले तीन वटै तहका सरकारबीच समन्वय स्थापित गर्न संयन्त्र बनाई काम गर्ने सम्भावना रहेको समेत बताउनुभयो ।

कृषिको व्यवसायीक विकास बिना मुलुकको समृद्धि र विकास हुन नसक्ने बताउँदै त्यसका लागि पनि सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

यस्तै मन्त्री भुसालले आफु मन्त्रालयमा आएदेखि प्रशासनको कामलाई व्यवस्थित बनाउने, सेवालाई प्रभावकारी बनाउने तथा सुशासन स्थापित गरी कृषिका नयाँ नीतिहरुलाई अगाडी सार्ने विषयमा ध्यान दिएको बताउनुभयो ।