डेढ सय ठेकेदारलाई एमसीएको ‘आउटरिच’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

डेढ सय ठेकेदारलाई एमसीएको ‘आउटरिच’

MCA-logo

काठमाडौं, १५ मंसिर । अमेरिकी सरकारको अनुदानमा अघि बढाउन लागिएको ऊर्जा र सडकबारे परियोजना अघि बढाउन गठित मिलेनियम च्यालेन्ज एकाउण्टेन्ट (एमसीए) नेपालले भारत र अमेरिका पुगेर निर्माण व्यवसायीहरुलाई अवगत गराएको छ ।

परियोजनामा योग्य र सक्षम निर्माण व्यवसायीहरु छनोटका लागि निर्माणका चरणहरुसहितको जानकारी भारत र अमेरिका पुगेर एमसीएले उनीहरुलाई जानकारी गराएको हो ।

अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ५ सय मिलियन डलरको अनुदान सहयोगमा निर्माण हुन लागेको छ ।

नेपालसहित चीन, कोरिया लगायतका देशका निर्माण व्यवसायी (बिडर्स)हरुलाई नेपालमा कार्यक्रम आयोजना गरी जानकारी गराएको एससीए नेपालले शुक्रबार भारत र आसपासका मुलुकका निर्माण व्यवसायीलाई बोलाएर जानकारी गराएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);