टुँडिखेल बचाउन मेयरलाई चिठ्ठी | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

टुँडिखेल बचाउन मेयरलाई चिठ्ठी

Tudikhel

काठमाडौं, १० मंसिर । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको व्यस्तता निकै बढेको छ। उनलाई भेट्न त्यति सजिलो छैन। जनप्रतिनिधिले दिउँसो २ बजेपछिको समय सर्वसाधारणका लागि दिनुपर्ने नियम छ। तर गुनासो पोख्न महानगर पुग्ने स्थानीयले उनलाई विरलै कार्यालयमा भेट्छन्।

अकुपाई टुँडिखेल अभियानका अभियन्ता सोमबार मेयर शाक्यलाई भेट्न सुन्धारा स्थित महानगरपालिकाको कार्यालयमै पुगे। उनीहरूले शाक्यसँग भेटेर टुँडिखेल अतिक्रमणप्रति ध्यानाकर्षण गराउन खोजेका थिए।

अघिल्लो दिन नै निवेदन दिएर मेयरलाई भेट्ने समय जानकारी गराइएको थियो। तर शाक्य त्यस दिन कार्यालयमा उपस्थित नै भएनन्। प्रशासनका कर्मचारीले उनी बिहानैदेखि कार्यालय नआएको बताए। दिनभरि मेयरका के कस्ता कार्यक्रम छन् भन्ने टिपोटसमेत कार्यालयमा थिएन। आधा घण्टा पर्खेपछि अभियन्ताहरूले महानगरका प्रशासन प्रमुख नमराज ढकालसँग भेटेर टुँडिखेल संरक्षण तथा प्रवद्र्धनका लागि उत्तरदायी हुन आग्रह गर्दै पत्र बुझाएका छन्।

कुनै समय एसियाकै ठूलो परेड मैदान रहेको टुँडिखेल राजनीतिक परिवर्तनसँगै सरकार र सेनाको अतिक्रमणले खुम्चिँदै गएको छ। सार्वजनिक जग्गा टुँडिखेल काठमाडौंको फोक्सो भनिए पनि अस्थायी बसपार्कदेखि पार्किङ र व्यापारिक स्टलले कुरुप बनेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);