ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाख पर्यटक आउँछन् : मन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाख पर्यटक आउँछन् : मन्त्री भट्टराई

ट्याक्सीचालकलाई पर्यटन तालिम

काठमाडौं, ९ मंसिर । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम दिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा सार्वजनिक सवारी सवारीसाधन चालकहरुले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले एक हजार ट्याक्सी चालकहरुलाई तालिम दिएको नाथमले जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित उक्त तालिमलाई सम्बोधन गर्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ट्याक्सी चालकहरुको राम्रो व्यवहारले पर्यटकको संख्यामा वृद्धि हुने बताउनु भयो ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको तर ट्याक्सी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा ४० लाख पर्यटक आउन सक्ने उहाँले बताउनुभयो । सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोही अन्तर्गत सोमबार ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रु मैत्री व्यवहार तालिम दिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);