आज आठौं कर दिवस विविध कार्यक्रम गरी मनाइँदै, व्यवसायीद्वारा सरकारको आलोचना | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

आज आठौं कर दिवस विविध कार्यक्रम गरी मनाइँदै, व्यवसायीद्वारा सरकारको आलोचना

kar dewas

काठमाडौं, १ मंसिर । उद्योगी, व्यवसायीहरुले सरकारले आफूहरुलाई मारमा पार्ने गरी कर नीति लिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

आठौ कर दिवसको अवसरमा आईतबार राजधानीमा आयेजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायीहरुलाई त्रसित बनाउने गरी कर असुली नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । गोल्छाले प्यान कार्ड अनिवार्य लिने व्यवस्था गरेर सरकारले साना व्यवसायीलाई त्रसित बनाएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले करको दायरा बढाउने र मुलुकको आर्थिक गतिविधिलाई पारदर्शी बनाउने काममा भने सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले करको भारबाट उन्मुक्ति दिलाई दिन सरकारसँग आग्रह गर्नु भयो । सामान्य खर्च समेत धान्न नसक्ने गरी कर असुली गरेर राज्यले व्यवसायीहरुलाई अप्ठयारोमा पारिरहेको उहाँको गुनासो छ ।

अध्यक्ष श्रेष्ठले व्यवसायीहरुलाई जवाफदेही बनाउन सरकारले करको दायरा बढाएपनि त्यो व्यवसायमैंत्री हुनुपर्ने बताउनु भयो । कार्यक्रममा आर्थिक बर्ष २०७५/७६ मा सबै भन्दा बढी कर तिर्ने कर दाताका रुपमा सुर्य नेपाल प्रालिलाई सम्माम समेत गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);