प्रधानमन्त्रीको पुनः डायलसिस, मूत्रनलीबाट झिकियो स्टेन्ट | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

प्रधानमन्त्रीको पुनः डायलसिस, मूत्रनलीबाट झिकियो स्टेन्ट

pm oli

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा शनिबार हेमोडायलसिस गरिएको छ । क्रियाटिनिनको स्तर नियन्त्रित गर्न गरिएको हो । ६७ वर्षीय प्रधानमन्त्रीको मूत्र नली (युरेटर) अर्थात मुत्राशय र मृगौला बिचमा राखिएको स्टेन्ट समेत शनिबार नै निकालिएको छ ।

‘१७ दिन पछाडि हामीले पुनः उहाँको डायलसिस गरेका हौं’, अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले कान्तिपुरसित भने, ‘उहाँको स्टेन्ट झिक्यौं र स्वास्थ्य परिक्षणसमेत गर्‍यौं । मुत्राशय र मिर्गौला बिचको अवरोध आएको हो कि भनेर १८ दिन अघि प्रधानमन्त्रीको मुत्र नलीलाई फैलाउन ‘स्टेन्ट’, हालिएको थियो ।

अस्पतालको युरोलोजी विभागका अध्यक्ष प्रा.डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा करिव १० मिनेट लगाएर उक्त स्टेन्ट झिकिएको हो । स्टेन्ट झिक्दा प्रधानमन्त्रीलाइ नदुखोस् भनेर ‘एनेस्थेसिया’ को समेत उपयोग गरिएको थियो । अस्पतालमा प्रधानमन्त्रीको क्रिाटिनिनको स्तर, इलेक्ट्रोलाइटको स्तर, रेनल फंग्सन टेस्ट (मिर्गौलाको कार्य प्रणाली सम्वन्धी परिक्षण) लगायतका परिक्षण गरिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);