भारतविरुद्ध बाराको विभिन्न स्थानमा पनि विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

भारतविरुद्ध बाराको विभिन्न स्थानमा पनि विरोध प्रदर्शन

बारा, २२ कात्तिक । छिमेकी मुलुक भारतले नेपालको भू—भाग गाभेर आफ्नो नक्सा सार्वजनिक गरको विरोधमा बाराको विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन् ।भारतीय हेपाहा प्रवृति विगत देखि भएको र फेरी पनि उही प्रवृति दोहोरिएको भन्दै जिल्ला बासी प्रर्दशनमा उत्रदैँ भारत विरोधी नारा लगाएका हुन् ।

भारतीय विस्तारवाद मुर्दावादको नारा लगाउँदै ‘नेपाली भूमी लिपुलेक, कालापानी, लिम्पीयाधुरा नेपालको भूमी हो ’ भन्ने ब्यानर सहित बाराको जीतपुर, निजगढ, सिमरा, पथलैया, डुमरवानामा प्रदर्शन गरिएको हो ।

सरकारले भारतसंग कुटनीतिक पहलमा ढिलाई गर्न नहुने भन्दै प्रदर्शनकारीहरुले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

India Birudha Pradarsan1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);