सर्वोच्च पस्यो अख्तियार | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

सर्वोच्च पस्यो अख्तियार

sarbochha adalat

काठमाडौं, २१ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालत प्रशासनमा ‘स्ट्रिङ अप्रेसन’ गरेको छ। एउटा मुद्दाको विषयमा पैसामा बार्गेनिङ चलेको सुराकका आधारमा अख्तियार पहिलोपटक सर्वोच्च छिरेको हो। ‘स्ट्रिङ अप्रेसन’ पछि एक जना नायब सुब्बालाई अख्तियार हिरासतमा राखिएको छ।

सर्वोच्च अदालत स्रोतका अनुसार नायब सुब्बा सुधीर खड्कालाई अख्तियार टोलीले नियन्त्रणमा लिएको हो। भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुन्न पठाएका अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ गरेको सुराकका आधारमा उनलाई समात्न अख्तियारले प्रहरीसहितको दस्ता परिचालन गरेको थियो। अभियुक्तकै आफन्तले अख्तियारलाई दिएको सूचनाका आधारमा उनी समातिएका हुन्।

‘थुनामुक्त गर्नका लागि म ठाउँमा कुरा मिलाउँछु भन्दै अभियुक्तका भाइसँग रकम मागेको कुरा छ,’ स्रोतले भन्यो। सर्वोच्चका अधिकारी भने यस विषयमा बेखबर छन्। यता, सर्वोच्च नजिकै रहेको महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र कर्मचारी ट्रेड युनियनको कार्यालयमा भने भित्रभित्रै चर्चा चुलिएको छ। यसअघि जिल्ला र उच्च तहका कर्मचारी ‘स्ट्रिङ अप्रेसन’ मा परे पनि सर्वोच्चमा अख्तियारले हात हालेको पहिलो घटना हो।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

ताजा समाचार