काठमाडौं, २८ असोज । विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिएर मापदण्ड पूरा नगरी चलेका कलेजहरू बन्द हुने भएका छन् । विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव देवराज अधिकारीको संयोजकत्वमा गठित अध्ययन कार्यदलले भौतिक, शैक्षिकलगायतका पूर्वाधार पूरा नगरेका शिक्षण संस्था बन्द गर्न सुझाव दिएअनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड तयार गरिरहेको छ ।
शिक्षा मन्त्रालयमा दर्ता भएर विदेशी शिक्षण संस्थाबाट सञ्चालित कलेज ९५ वटा छन् । कतिपय कलेजले मन्त्रालयको स्वीकृति बिनै शैक्षिक कार्यक्रम चलाउँदै आएका छन् ।
‘मन्त्रालयले विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिएर सञ्चालित कलेजका विषयमा मापदण्ड बनाउँदै छ,’ उच्चशिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले उनले भने, ‘छिट्टै मापदण्ड स्वीकृति गराएर कार्यान्वयनमा जान्छौं ।’