संविधानको भावना विपरित सरकारले ल्याएको कुनै पनि विधेयक मान्य हुँदैन : देउवा | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

संविधानको भावना विपरित सरकारले ल्याएको कुनै पनि विधेयक मान्य हुँदैन : देउवा

deuba11

काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरित ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले संविधानको मूलभूत सिद्धान्तमाथि दायाँबायाँ नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानको भावना विपरित सरकारले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक ल्याएको उल्लेख गर्दै त्यसमा सहमति जनाउन नसकिने कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भनि सकेको जानकारी दिनु भयो ।

‘मैले प्रधानमन्त्रीलाई भनेको छु, निर्बाध बोल्ने, लेख्ने संविधानले ग्यारेन्टी गरेको अधिकार पनि हनन् हुने गरी सरकारले विभिन्न विधेयकहरु ल्याएको छ,’ सभापति देउवाको भनाई थियो, ‘त्यस्ता विधेयक ल्याएर संविधानलाई लंगडो बनाउन पाईदैन।’

सभापति देउवाले संविधान विश्वकै समावेशी भएपनि त्यसलाई लंगडो बनाउने, संविधानको मूलभूत मान्यतालाई दायाँबायाँ गर्ने काम सरकारबाट हुनै लागेको भन्दै आपत्ति पनि जनाउनु भयो ।

ताजा समाचार