विवादित मठाधीशको जग्गा खोज्दै गुठी संस्थान | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

विवादित मठाधीशको जग्गा खोज्दै गुठी संस्थान

guthi sansthan

काठमाडौं, २२ भदौ । गुठी संस्थानले भैरहवास्थित मटिहानी मठका मठाधीश जगन्नाथदास वैष्णवको नाममा देशका विभिन्न स्थानमा रहेका जग्गाको खोजी कार्यलाई तीव्र बनाएको छ । गुठी संस्थानले मठाधीश वैष्णवले व्यवस्थापन गर्दै आएका विभिन्न जिल्लाका गुठी जग्गा तथा उनका नाममा दर्ता भएका जग्गाको किनबेचमा संस्थानको सहमति लिनुपर्ने गरी रोक्का राखेको छ भने बाँकी जग्गा पत्ता लगाउने अभियान थालेको हो । संस्थानले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत मालपोत कार्यालयलाई यस्तो निर्देशन दिएको हो । मटिहानी मठको जग्गा महोत्तरी, सर्लाही र धनुषालगायत विभिन्न स्थानमा रहेको संस्थान स्रोतले जनाएको छ ।

संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार संस्थानको सहमतिबिना ती जग्गा किनबेच गर्न पाइनेछैन । ‘देशका विभिन्न स्थानमा वैष्णवको नाममा जग्गा भेटिएका छन् । अन्य स्थानमा समेत जग्गा दर्ता भएको पाएमा संस्थानलाई जानकारी दिन प्रशासनलाई पत्र पठाएका छौं । तत्काललाई उनले व्यवस्थापन गर्दै आएका जग्गा र व्यक्तिगत नाममा रहेका जग्गा किनबेच गर्दा संस्थानलाई जानकारी गराएर मात्र आवश्यक प्रक्रिया अगाडि बढाउन प्रशासनलाई भनेका छौं,’ प्रवक्ता थपलियाले भने ।

हालसम्म उनको भैरहवामा रहेको जग्गाबारे पत्ता लागेको र अन्य ठाउँमा रहेका जग्गाबारे खोजी कार्य जारी रहेको संस्थान स्रोतले जनाएको छ । वैष्णवले मठका नाममा रहेका जग्गा विभिन्न व्यक्तिलाई बिक्री गरेको पाइएपछि गुठी संस्थानले उनलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएकोे थियो । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);