गुठी जग्गाको दुरुपयोग, सात रोपनीको भाडा ६ हजार | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १४ २०८३, शनिबार

गुठी जग्गाको दुरुपयोग, सात रोपनीको भाडा ६ हजार

guthi jagga bhada

काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौरस्थित हरिहर नारायण गुठीको करोडौंको सम्पत्ति दुरुपयोग भएको छ। गुठी संस्थानले हरिहर नारायण गुठीको ६ रोपनी १४ आना ३ पैसा १ दाम जग्गा अत्यन्त कम मूल्यमा भाडामा लगाएको हो। राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा गुठीबाट सस्तोमा लिएर महँगोमा भाडा लगाएको पाइएको छ।

केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले कौडीको भाउमा लिएर महँगोमा भाडा लगाएको उजुरीका आधारमा छानबिन गरेको बताए। टेन्डरै नगरी कौडीको भाउमा भाडामा लगाएको उजुरी परेपछि केन्द्रले छानबिन गरेको हो।

छानबिन प्रतिवेदनअनुसार संस्थानले उक्त जग्गा सत्य साई केन्द्र र हरिहर नारायण समाजलाई मासिक तीन–तीन हजारमा भाडामा लगाएको छ। समाजले गुठी जग्गामा बनेका सटरबाट मासिक २० हजारका दरले भाडा उठाइरहेको छ।

जग्गा भाडा सम्झौतामा सटरमा मदिराजन्य वस्तु खरिदबिक्री गर्न नपाइने व्यवस्था छ। तर समाजले भाडा लगाएको सामुदायिक भवनको उत्तरतर्फको सटरमा मदिराजन्य वस्तुको व्यापार भइरहेको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार