त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु

काठमाडौं, २० भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताउनु भएको छ ।

शुक्रबार काठमाडौँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्रि भट्टराईले देश भित्र संचालनमा रहेका सबै बिमानस्थलमा यसैगरि सेवा थपिदै जाने बताउनु भएको हो ।

काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम पनि लागु हुने बताउनु भयो । सरकार नागरिकलाई सेवा सुबिधा दिन सधै तयार रहेको बताउँदै मन्त्रि भट्टराईले आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने बताउनु भयो ।

आजबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहिको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ । यस अघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र वायुसेवाका कर्मचारीले टिकट संगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउँथे । अब यो सबै झन्झट हटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);