बालुवा धोएर सुन | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

बालुवा धोएर सुन

sun gold

काठमाडौं, १२ भदौ । कर्णालीको किनार । भदौको टन्टलापुर घाम । केही महिना असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा थुपार्दै छन् ।

कोही डुँडीमाथि राखिएको सोनाट्टा (जाली) ले बालुवाबाट ढुँगा अलग गर्दै छन् । कोहीचाहीँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुँदै छन् ।

बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ । यसरी नै समूहसमूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवाबाट सुन संकलन गर्दै आएका छन् ।

यो समुदायको मुख्य बसोबास कैलाली र बर्दियाको सीवार्ती कर्णाली किनार हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा परमानन्द पाण्डेले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);