एघारौं कृति अवार्डका ३ मुख्य विधाका ३१ नोमिनेसन सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

एघारौं कृति अवार्डका ३ मुख्य विधाका ३१ नोमिनेसन सार्वजनिक

काठमाडौं, ३१ साउन । एघारौं कृति अवार्डका ३ मुख्य विधाका ३१ नोमिनेसन सार्वजनिक भएको छ । नेपाल बिज्ञापन संघले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरि टेक्निकल, क्याम्पेन र मेनस्ट्रिम विधाका विभिन्न ३१ वटा नोमिनेसन सार्वजनिक गरेको हो ।

संचार उद्यमीहरु, ब्यबसायीहरु तथा विज्ञापनकर्मीको साझा कार्यक्रमको रुपमा कृति अवार्डलाई लिने गरिन्छ । आगामी भदौ १३ गते उक्त अवार्ड वितरणको कार्यक्रम हुदैछ ।

शुक्रवार सार्वजनिक भएको नोमिनेसनमा टेक्निकल विधाका विभिन्न ९ शिर्षकमा प्रतिस्पर्धा हुनेछ भने क्याम्पेन विधाको विभिन्न १५ शिर्षकमा प्रतिस्पर्धा हुदै छ । यस्तै मेनस्ट्रिम विधाका विभिन्न ७ शिर्षकमा प्रतिस्पर्धा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);