काठमाडौं, २७ साउन । नेपाली काग्रेसले १३ औं महाधिवेशनका क्रममा बनेका संगठनका स्थानीय संरचनाहरू रुपान्तरण गरी संघीय व्यवस्थाबमोजिम पार्टीको अन्तरिम संरचनाका लागि २० बुँदे कार्यविधि तयार गरेको छ ।
आइतबार जारी पार्टीको केन्द्रीय बैठकमा आएका केही सुझावससहित सर्वसम्मत पारित निर्देशिकाअनुसार आगामी भदौ २० गतेसम्म प्रदेशस्तरीय संरचना तयार गरी कात्तिक मसान्तसम्म स्थानिय तहको संरचना बनाइने सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिनुभयो ।
उक्त निर्देशिकामा केन्द्रिय प्रतिनिधिको सट्टा निर्वाचन समितिका प्रतिनिधि जाने, स्थानिय संरचनालाई रुपान्तरण गर्न गठित विभिन्न समितिहरुमा जिल्ला सभापति सहित सभापतिका निकटतम प्रतिद्धन्द्धिको उपस्थित रहनुपर्ने लगायतका सुझावहरु राख्नुपर्ने भएकोले काग्रेसले २० वुदे निर्देशिका सार्वजनीक गरेको छैन ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही कुराहरु परिमार्जन भएपछि एक÷दुई दिनमा उक्त निर्देशिका सार्वजनिक गर्ने बताउनुभयो । काग्रेस बैठकले विधानको धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्दे्शिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ । पार्टी संरचनालाई रुपान्तरण गरि समिति बनाउदा पार्टी कमिटिमा वरिष्ठताले नेतृत्व प्रदान गर्ने पनि उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।