पार्टी कार्यालय बलियो हुँदैमा सैद्धान्तिक रुपमा कांग्रेसलाई बलियो मान्न सकिन्न : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

पार्टी कार्यालय बलियो हुँदैमा सैद्धान्तिक रुपमा कांग्रेसलाई बलियो मान्न सकिन्न : गगन थापा

gagan thapa

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका नेता गगन थापाले प्रजातन्त्रको स्थायीत्वका लागि नेपाली कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्ने बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार राजधानीमा गरेको दोश्रो राष्ट्रिय महिला तथा युवा सम्मेलनमा बोल्दै उहाँले कुनै नेता विशेष र पार्टी कार्यालय बलियो हुँदैमा सैद्धान्तिक रुपमा कांग्रेसलाई बलियो मान्न नसकिने बताउनुभएको हो ।

उहाँले संगठन बलियो र नेतृत्व भरोसायोग्य नभएका कारण युवाहरु भविष्य प्रति विश्वस्त हुन नसकेको उल्लेख गर्दै उहाँले पार्टीको तल्लो तहसम्मका भात्तृ संगठन सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले भन्नुभयो “नेपालको डेमोक्रेसी स्टेबल हुनका निम्ति कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्छ । कांग्रेस बलियो र भरोसायोग्य हुने भनेको कांग्रेसका वीङस्हरु बलियो हुनु हो । कांग्रेस भनेको कुनै एउटा पार्टी, सानेपा, शेरवहादुर देउवा, रामचन्द्र पौडेल मात्रै होइन ।”

उहाँले कांग्रेसका सबै तहका नेतृत्वको आचरण र क्षमताले कांग्रेस बलियो र कमजोर हुने भएकाले नेतृत्वले आचरणमा सुधार ल्याउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेता थापाले पार्टी नेतृत्वले युवालाई नेतृत्व हस्तान्तरण गर्ने र मुल कार्यक्रमको अग्रभागमा युवा र महिला राख्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव पनि दिनुभयो । उहाँले पार्टी नेतृत्वले युवाहरुलाई भविश्यमा मुलुकको शासन र आर्थिक अवस्था कस्तो हुने भन्ने यथार्थ तस्वीर दिन सक्नुपर्ने बताउनुभयो ।

उहाँले कांग्रेस सधै जनताको मन जित्ने अभियानमा लागिरहनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भन्नुभयो “हामी मजदुर किसान पार्टी पनि होइन । भक्तपुरमा मादल बजाएर बस्ने । कांग्रेस हो जित्ने मन हुन्छ । देशभरी चुनाव लड्ने हो जितेन भने जितेन । अर्को पटक जित्ने हो ।”

सम्मेलनले आगामी कार्यकालका लागि टिकाकला शर्माको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय महिला समिति चयन गरेको छ । त्यसैगरी जेम्स जोशीको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा समिति पनि चयन गरेको छ । सम्मेलनमा फियन अन्र्तगतका ७ वटा प्रदेश एवं ४५ वटा आवद्ध संघका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);