काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज सिंगापुर प्रस्थान गर्दै हुनुहुन्छ । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओली आज राति ९ः४५ बजे सिल्क एयरमार्फत सिंगापुर जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओलीको साथमा निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायत सहभागी हुने बताइएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीको करिब १ साता स्वास्थ्य परीक्षण हुनेछ । प्रधानमन्त्री ओलीले सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालबाट मिर्गौला प्रत्यारोपण गराउनु भएको थियो ।
यसअघि स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालको मनामोहन कार्डिओथोरासिक एण्ड भाष्कुलर सेन्टरमा भर्ना भएर उहाले उपचार गराउनु भएको थियो ।