पछिल्लो समय तरकारी तथा फलफूलको मुल्य बृद्धि | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

पछिल्लो समय तरकारी तथा फलफूलको मुल्य बृद्धि

प्रमिला भण्डारी
काठमाडौं, १७ साउन । कालिमाटी फलफूल तथा तरकारी बजारमा आयात हुने तरकारीमा कमि आएको छ । जसको कारण मुल्यमा बृद्धि भएको हो । गत महिनाको अविरल वर्षाको कारण धेरैजसो ठाउँमा तरकारी नष्टले पनि मूल्य बढाएको छ ।

नेपालमा व्यवसायिक फलफुल तथा तरकारी खेती विस्तार हुन नसक्नु महङ्गीको प्रमुख कारण भएको व्यवसायिको भनाई छ । उत्पादन गर्ने जनशक्तिको कमि हुनु तथा उपभोग गर्नेको संंख्या बढि भएकोले यसलाई सन्तुलनमा ल्याउन राज्यले नयाँ निती ल्याउनु पर्ने व्यवसायिको भनाई छ ।

तरकारी र फलफुल मात्र नभई दैनिक उपभोग्य वस्तुहरुको मुल्यमा पनि बृद्धि भएको छ । सरकारी तहबाट बजार अनुगमन नियमित नहुँदा यस्तो भएको हो । कुनै पनि वस्तुको मुल्य बृद्धि सरकारकै कारण हुने व्यवसायीको धारणा छ ।

फलफुलको मुल्यमा बृद्धि हुनुको प्रमुख कारण भने नेपालमा व्यवसायिक फलफुल खेती नहुनु हो । कालिमाटी फलफुल तथा तरकारी बजारमा आयात हुने फलफुल मध्ये ५० प्रतिशत भारतबाट आउने गरेको छ । त्यस्तै भन्सारमा हुने विषादी परिक्षणको कारण ३÷४ दिनसम्म रोकिँदा फलफुल विग्रेर खेर जाँदा पनि त्यसको असर मुल्य बृद्धिमा पर्ने गरेको छ ।

समस्या महङ्गीमा मात्र होईन । विभिन्न ठाउँबाट कालिमाटीमा तरकारी लिएर जाँदा गाडी पार्किङ गर्ने ठाउँ समेत नभएको ट्रक व्यवसायिको गुनासो छ ।

दैनिक उपभोग्य वस्तु मध्ये तरकारीमा सबैभन्दा बढी मूल्य वृद्धि भएको छ । सरकारले तरकारी उत्पादन बढाउनको लागी विभिन्न ठाउँहरुमा जोन तथा सुपरजोनहरु निर्मांण गरेको छ । तर पर्याप्त उत्पादन भने हुन सकेको छैन जसले गर्दा उपभोक्ता महंगीको मारमा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);