'कांग्रेससँग मिल्न लागेको माओवादी केन्द्रसँग एकता असम्भव' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

पोखरा, २३ भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माउ पार्टी माओवादी केन्द्रसँगको एकता असम्भव हुँदै गएको बताएका छन्।

शुक्राबार क्रान्तिकारी माओवादी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेससँग मिलेर एउटै पार्टी बनाउन लागेकाले अब सो पार्टीसँग एकता गर्नुको कुनै अर्थ नरहेको बताएका हुन्।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफनो पार्टीले भाग लिन सक्ने वैद्यले बताएका छन्। नेकपा क्रान्तिकारी माओवादीको आगामी असोज २१ देखि २५ गतेसम्म हुने राष्ट्रिय सम्मेलन पोखरामै गर्ने तैयारी भइरहेको छ