काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपीशर्मा ओलीले डा.सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताउनुभएको छ । तिलगंगाआँखा प्रतिष्ठानको २५औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले विद्वान पूर्खाहरुको देश नेपालमा सन्दुकले आँखा उपचारको क्षेत्रमा चमत्कारिक काम गरेको बताउनुभयोे । ‘डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन वहाँ सफल हुनुभएको छ । त्यस कारण वहाँलाई बधाइ र संस्थालाई उत्तरोत्तर प्रगतिको शुभकामना ।’
डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ । तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने वहाँको भनाइ छ ।
स्थापनाको २५ बर्ष मै धेरै उपलब्धी हासिल गर्न सकेको भन्दै प्रधानमन्त्री ओलीले रुइत र अस्पतालको प्रशंशा गर्नु भएको छ । ‘तपाईंहरुको प्रयास र सेवा अनुकरणीय छन्’ प्रधानमन्त्रीओलीले भन्नुभयो ‘सरकारको तर्फबाट तपाईंहरुलाई अनुसन्धान, तालिम र उपचारमा यथेष्ट सहयोग हुनेछ ।’