अन्नपूर्ण केबलकार विवादः मुआब्जा नपाएसम्म निर्माण हुन नदिने स्थानीय जग्गाधनीको अडान | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

अन्नपूर्ण केबलकार विवादः मुआब्जा नपाएसम्म निर्माण हुन नदिने स्थानीय जग्गाधनीको अडान

kebulkar

काठमाडौं, ५ साउन । स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु भएको छ । जग्गाधनीहरुले ‘हाम्रो मुआबजा नदिई कसरी तार टाँग्दा रहेछौं हेरौं त’ भनेर मोर्चाबन्दी गरेपछि गुरुङलाई यो असजिलो आइलागेको हो ।

गत पुस २९ गते शिलान्यास गरी सुरु गरिएको पोखरा महानगर पालिका बडा नं १८ मा पर्ने केबलकार योजना सर्वोच्च अदालतको फैसला र स्थानीय जनताको विरोधका कारण रोकिएको हो । सेदी बगरबाट सराङकोट हाइटसम्मका लागि एक बर्ष ६ महिनाभित्र केबलकार सञ्चालन गर्न अन्नपूर्ण केबल कार प्रा.लि.ले उद्घोष गरेर काम थाले पनि प्रक्रिया नपु¥याएका कारण जटिलता सिर्जना भएको छ ।

अन्नपूर्ण केबल कारका अध्यक्ष कालु गुरुङले हिन्दु संस्कृतिअनुसार सेदी बगरमा भूमि पूजा गरी एक कार्यक्रममा बीच केबुलकारको शिलान्यास गर्दा पोखरावासीमा जुन उत्साह छाएको थियो, अहिले निराशामा परिणत भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा विजय नेपालीले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);