वन कर्मचारीको विदेशतिर लर्को | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

वन कर्मचारीको विदेशतिर लर्को

karmachari bidesh

काठमाडौं, २२ असार । वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकाल जर्मनीको बोनमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा तीन साता बिताएर गत शनिबार काठमाडौं फिरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका महासन्धि (यूएनएफसीसीसी) को ‘फोकल व्यक्ति’ का हिसाबले कार्यक्रममा ढकालको सहभागिता सान्दर्भिक भए पनि उनले असम्बन्धित उपसचिव गणेशविक्रम शाहीलाई पनि लगेका थिए ।

प्रशासनका उपसचिव शाही वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतका निजी सचिव हुन् । शाहीलाई ढकालले त्यहाँ सहभागी गराउनुको उद्देश्य मन्त्रीलाई खुसी तुल्याउनेबाहेक अरू केही नभएको मन्त्रालयकै अधिकारी बताउँछन् ।

मन्त्रालय स्रोतका अनुसार शाहीले उक्त कार्यक्रममा आफूलाई नलगेसम्म ढकालको मनोनयन स्वीकृत नगर्नसमेत मन्त्रीसमक्ष दबाब दिएका थिए । ढकालले नेतृत्व गरेको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका दुई जना उपसचिव केशवप्रसाद गौतम र अरुणप्रसाद भट्ट पनि कार्यक्रममा सहभागी थिए । सहसचिव ढकाल, उपसचिवद्वय गौतम र शाही बेलायती सहयोग नियोग (डीएफआईडी) को अक्स्फोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) र भट्ट मन्त्रालयमै सञ्चालित राष्ट्रिय जलवायु सहयोग कार्यक्रम (एनसीसीएसपी) को रकम खर्चेर बोन सम्मेलन गएका थिए ।

उपसचिव शाहीले पनि सहसचिव ढकालसरहकै आर्थिक सुविधा पाएका थिए । ढकालले यसअघि गत मंसिरमा पोल्यान्डमा भएको यूएनएफसीसीसीको २४ औं सम्मेलन (कोप २४) मा पनि विषयवस्तुसँग सम्बन्ध नभएका प्रशासनका उपसचिव रामबहादुर शाहीलाई सहभागी गराएका थिए । त्यतिबेला पनि शाहीलाई ढकालले ओपीएमबाट आर्थिक सहयोग जुटाइदिएका थिए । उपसचिव शाही पनि मन्त्री बस्नेत निकट मानिन्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);