ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने प्रस्तावप्रति नेता शर्माको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने प्रस्तावप्रति नेता शर्माको आपत्ति

janardhan sharma

काठमाडौं, २० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ ।  पूर्व गृहमन्त्री समेत रहनु भएका नेता शर्माले योग्यतम सचिवलाई मुख्य सचिव बनाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उहाँले मुख्य सचिव करारमा नियुक्त गर्नुपर्ने आफ्नो अडान पनि दोहो¥याउनु भयो ।

नेता शर्माले ज्येष्ठ सचिवलाई नै मुख्य सचिव बनाउन बाध्य पार्ने कानुनी व्यवस्था आफूलाई मान्य नहुने पनि स्पष्ट पार्नु भयो । उहाँले ज्येष्ठ सचिव सक्षम नहुन पनि सक्ने उल्लेख गर्दै उसैलाई मुख्य सचिव बनाउने कानुनी प्रावधान स्विकार गर्न नसकिने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);