सरकारलाई कमजोर बनाउन मन्त्री हेरफेरको अफवाह फैलाइयो : मन्त्री महासेठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

सरकारलाई कमजोर बनाउन मन्त्री हेरफेरको अफवाह फैलाइयो : मन्त्री महासेठ

काठमाडौं, ११ असार। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारको काममा बाधा पुर्याउने उद्देश्य साथ सरकार पुर्नगठनको हल्ला फिजाईएको बताउनुभएको छ ।

बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उहाँले सरकारलाई कमजोर बनाउनको लागि पुनर्गठनको अफवाह फैलाईएको बताउनुभएको हो । वर्तमान सरकारले राम्रा कामहरु गरेको भन्दै उहाँले सरकारलाई कमजोर पार्न विभिन्न वहानामा चौतर्फी घेरावन्दी गर्न खोज्नेहरु सफल नहुने बताउनुभयो । उहाँले भागवण्डाको लागि पार्टी एकता नभएकाले वर्तमान सरकारकै निरन्तरता हुने दाबी पनि गर्नुभयो ।

उहाँले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र महेन्द्र राजमार्ग विस्तार लगायतका महत्वपूर्ण आयोजनाहरु निर्धारित समय अगावै सम्पन्न गरिने दाबी गर्नुभयो ।