मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैँकको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैँकको तयारी

rastra-bank

प्रमिला भण्डारी

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । मौद्रिक नीतिका लागि सर्वसाधारण तथा अन्य सरोकारवाला निकायहरुबाट सुझाव संकलनको काम भइरहेको राष्ट्र बैँकले जनाएको छ ।

मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ । नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक निती असार अन्तिमसम्ममा सार्वजनीक गर्ने गरि तयारी तिव्र पारेको छ ।

अब आउने मौद्रिक नितीले उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखेको छ । बजेटले लिएको ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई प्राथमिकतामा राखेर मौद्रिक नीति निर्माण गर्ने राष्ट्र बैँकको लक्ष्य रहेको छ ।

यस पटकको मौद्रिक नीति मार्फत बैंकहरुको बिग मर्जरको विषयलाई दिशानिर्देश दिने गरी नीति बनाइने बैँकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो । त्यस्तै तरलता अभावको समस्या सधँै आइरहने भएकोले यस विषयमा समेत राष्ट्रबैंकले केही सुधारका कार्यक्रम ल्याउने योजनासहित मौद्रिक नितीको तयारी गरिएको प्रवत्ता निरौलाले बताउनुभयो ।

मौद्रिक नीति तयार गर्नको लागी विभिन्न बैँकहरुले अहिले राष्ट्र बैँकलाई सुझाव दिईरहेका छन् । बजेटले लिएका लक्ष्य र उद्देश्य पूरा गर्ने हिसाबले नै मौद्रिक नीति आउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सरकारले लिएको वित्तिय नीतिलाई पछ्याएर, मुल्य स्थिरता कायम गर्ने, आर्थिक बृद्धिको लक्ष्य प्राप्त गर्ने, तरलता अभावको समस्या बढि देखिने भएकोले यस्ता समस्या समाधान गर्ने किसिमको मौद्रिक नीति ल्याउन सरोकारवालाले राष्ट्र बैँकलाई सुझाव दिएका छन् ।

बजेट तथा सरकारको नीति तथा कार्यक्रमलाई आत्मसाथ गर्नु मौद्रिक नीतिको काम हो । मूल्यवृद्धि नियन्त्रणमा पनि मौद्रिक नीतिको भूमिका मुख्य रहन्छ । मौद्रिक नीतिको सम्बन्ध बैंक तथा वित्तीय संस्थासँग मात्र नभई मुलुकको समग्र अर्थतन्त्रसंग रहेकाले मौद्रिक नीति निर्माणमा सबै क्षेत्रको सल्लाह सुझाव आवश्यक छ ।