तराई-मधेशलाई उपेक्षा गरेर बजेट आएको राजपाको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

तराई-मधेशलाई उपेक्षा गरेर बजेट आएको राजपाको आरोप

राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादव

काठमाडौं, २० जेठ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्रराय यादवले सरकारले तराई-मधेशलाई उपेक्षा गरेर बजेट ल्याएको आरोप लगाउनु भएको छ । नेता यादवले ५२ प्रतिशत जनसंख्या भएको तराई-मधेशलाई उपेक्षा गरेर ल्याइएको बजेट कसरी कार्यान्वय हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गर्नु भयो ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उहाँले धेरै जनसंख्या भएको भूगोलमा २० प्रतिशत पनि बजेट विनियोजन नगरेर सरकारले तराई-मधेशलाई बेवास्ता गरिरहेको पनि बताउनु भयो ।

नेता यादवले बजेटले संघीयतालाई आत्मसात गर्न नसकेको पनि बताउनु भयो । गत वर्ष भन्दा पनि यस वर्ष प्रदेश र स्थानीय तहलाई कम बजेट विनियोजन गरेको उहाँको भनाई छ । गत वर्ष प्रदेश र स्थानीय तहलाई ३४ प्रतिशत बजेट विनियोजन गरेकोमा यस वर्ष ३० प्रतिशतमा झारेकोमा नेता यादवको आपत्ति छ । नेता यादवले बजेट कार्यान्वयनका लागि आवश्यक अनुगमनकारी निकायको व्यवस्था पनि बजेटमा हुन नसकेको उल्लेख गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);