भारतमा रहेको जानकी मन्दिरको १५१ बिघा जग्गा गायब | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

भारतमा रहेको जानकी मन्दिरको १५१ बिघा जग्गा गायब

janaki temple

काठमाडौं, १८ जेठ । जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ ।

जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् । सम्बन्धित निकायले छानबिन गरी यसको यथार्थता पत्ता लगाउन नसक्दा जग्गाको अवस्थाबारे पत्ता लाग्न नसकेको हो ।

स्रोतका अनुसार हाल ती जग्गासमेत मन्दिरको सम्पत्ति संरक्षणको जिम्मेवारी लिएका महन्थ तथा पुजारीले बिक्री गरिसकेका छन् । यसरी जग्गा बिक्री गरी प्राप्त रकम नेपाल तथा भारतका विभिन्न बैंकमा जम्मा गरी व्यक्तिगत सुविधाका लागि उपयोग गर्दै आएको स्रोतले जनाएको छ । भारतका अन्य स्थानमा पनि मन्दिरको नाममा थुप्रै जग्गा रहेको हुन सक्ने देखिएकाले यसको छानबिन गरिनुपर्ने सरकारद्वारा यसअघि गठन भएका विभिन्न छानबिन प्रतिवेदनले उल्लेख गरेका छन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);