भेनेजुएला र प्रजातान्त्रिक विपक्षीबीच वार्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

भेनेजुएला र प्रजातान्त्रिक विपक्षीबीच वार्ता

Venezuela sangkat

काठमाडौं, ३ जेठ ।  भेनेजुएली सरकार र प्रजातान्त्रिक विपक्षीबीच युरोपेली राष्ट्रमा वार्ता भएको बताइएको छ। देशमा राष्ट्रपति निकोलस मादुरोविरुद्धको प्रदर्शनमा वृद्धि भइरहेकै समयमा समस्या समाधानका लागि सम्भावित हल खोज्नका लागि दुई पक्षबीच वार्ता भएको सरकारी वार्ता प्रतिनिधिले बिहीबार जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

‘बोलिभारियन सरकार र विपक्षीतर्फका प्रजातान्त्रिक समूहबीच नर्वेमा वार्ता भइरहेको विषय पक्का हो,’ संयुक्त राष्ट्रसंघका लागि भेनेजुएली राजदूत जर्ज भालेरोले अमेरिकी हस्तक्षेपको विरोध गर्दै संचारकर्मीहरुसँग बताए। ‘भेनेजुएली सरकार वार्ता मन पराउने सरकार हो,’ अमेरिकी राष्ट्रपति ट्रम्पलाई युद्ध अपराधी भन्दै भालेरोले बताए।

‘देशको विडम्बना भन्नुपर्छ भेनेजुएलामा युद्ध चाहने र आतंकवादका साथै फासिस्ट व्यवस्थालाई अगाडि बढाउन चाहने विपक्षी दल पनि रहेको छ, जुन अमेरिकी शासकका कठपुतली हुन्,’ उनले बताए। भेनेजुएली सरकार र विपक्षीबीच भइरहेको वार्ताबारे आफूले बोल्नु भनेको आफ्नो मूल्य मान्यतामा नपर्ने नर्वेली विदेश मन्त्रालयले जनाएको छ। यो समाचार आजको नागरिक पत्रिका दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);