संविधान विपरित ल्याइएका तीनवटा विधेयक फिर्ता लिन कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

संविधान विपरित ल्याइएका तीनवटा विधेयक फिर्ता लिन कांग्रेसको माग

nepali congress

काठमाडौं, १ जेठ । नेपाली काँग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीनवटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको बुधबार बसेको बैठकले संविधान प्रतिकूल हुने गरी आएका तीनवटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधानको प्रस्तावना र भावना प्रतिकूल हुनेगरी आएका ती विधेयकहरु तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनु भयो । काँग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धि विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको खिल्ली उडाउने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई नै प्रयोजनहिन बनाउने निष्कर्ष निकाल्दै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

बैठकले ती विधेयक तत्काल फिर्ता गरेर संसदलाई सहज ढंगले संचालन नगरे सरकारविरुद्ध सडक र सदन दुवैमा संघर्ष चर्काउने चेतावनी पनि दिइएको छ ।