शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्न प्रचण्डको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्न प्रचण्डको आह्वान

काठमाडौं, २५ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गर्नु भएको छ ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको नयाँ गठन प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिनु भयो ।

मानव अधिकारबादी नेता पदमरत्न तुलाधरको जिवनीमा आधारित पुस्तक ‘सर्वरत्न’ को बुधबार काठमाडौंका एक कार्यक्रमकाबीच विमोचन गर्दै उहाँले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गरेर नेपालले विश्वमै उदाहरणीय ढंगले शान्ति प्रक्रियालाई पूरा गरेको सन्देश दिने अवसर गुमाउन नहुने पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धि मूल्य र मान्यताको आधारमा शान्ति प्रक्रिया अन्तरगत सेना समायोजनलगायतका महत्वपूर्ण काम सम्पन्न भईसकेको उल्लेख गर्दै बाँकि कामलाई पूर्णता दिन ढिलाई गर्न नहुने पनि बताउनु भयो । त्यस अवसरमा उहाँले आफू नेतृत्वको तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय पदमरत्न तुलाधरले पु-याउनु भएको योगदानको स्मरण पनि गराउनु भयो ।

अध्यक्ष दाहालले स्वर्गीय तुलाधरले नेपालको भाषा आन्दोलन, पहिचानको आन्दोलन, लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्नु भयो ।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले पनि स्वर्गीय पदमरत्न तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलन, भाषिक आन्दोलन र पहिचानको आन्दोलनमा दिनु भएको योगदानको स्मरण गराउनु भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);