कञ्चनपुरको सीमावर्ती क्षेत्रमा सादा पोसाकका प्रहरीद्वारा सर्वसाधारणलाई दुर्व्यवहार र धम्की | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

कञ्चनपुरको सीमावर्ती क्षेत्रमा सादा पोसाकका प्रहरीद्वारा सर्वसाधारणलाई दुर्व्यवहार र धम्की

कञ्चनपुर, २३ बैशाख । कञ्चनपुर सीमावर्ती क्षेत्रमा सादा पोसाकमा खटिएका नेपाल प्रहरीले नै सर्वसाधारणलाई धम्क्याउने र रकम असुल्दै आएको खुलासा भएको छ । शान्ति सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रण गर्न खटिने प्रहरी अहिले आफै पैसा असुलेर जनतालाई दुख दिने गरेको भेटिएको छ ।

प्रहरीको यस्तो हर्कतप्रति स्थानीय सर्वसाधारण अहिले आक्रोशित भएका छन् । कञ्चनपुर जिल्लाको सिमावर्ती क्षेत्र पुनर्वास नगरपालिकामा भारतबाट सामान किनमेल गरी फर्किने सर्वसाधारण स्थानीय सुरक्षाकर्मीबाट यसरी पीडित हुने गरेका छन् ।

सुरक्षाको लागि खटिएका उनीहरुले मनपरी ढंगले रकम असुल्ने र नदिए लागुऔषध कारोबारमा फसाउने धम्की दिने गरेको स्थानीयले गुनासो गरेका छन् । भारतीय बजारबाट घरायसी प्रयोजनका लागि सामान ल्याउँदा समेत पटक पटक पैसा असुल्ने र बिवाद गरे फसाईदिन्छु भनी धम्क्याउने गरेका छन् । प्रहरीले साथमा रहेको हतियार समेत देखाएर धम्की दिई रकम असुल्ने गरेको स्थानीयले गुनासोका छन् ।

सादा पोसकका प्रहरी भरत सिहंले लामो समयदेखी अबैध कारोबार गर्नेलाई समेत सघाएको पनि स्थानीयले खुलासा गरेका छन् । सर्वसाधारणबाट पैसा असुल्ने गुनासो आएपछि यस विषयमा रिपोर्टिङ्ग गर्न गएका माउनटेलिभिजन संवाददातालाई समेत घुमुवा प्रहरी भरत सिहंले अभद्र व्यवहार गरे । घुमुवा प्रहरी भरत सिहंले आफु क्यामेरामा बोल्न नचाहेको भन्दै उल्टै जबरजस्ती क्यामेरा बन्द गर्न लगाए।

सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको लुटपाट र दुर्व्यवहार खेप्दै आएका नेपाली अहिले नेपाल प्रहरीद्वारा नै दुर्व्यवहार र धम्की सहन बाध्य छन् । यसरी सिमा क्षेत्रमा खुलेआम बर्दीको आडमा गुण्डागर्दी शैलीमा सर्वसाधारणबाट रकम असुल्दा पनि सम्वन्धित सरोकारवाला निकाय भने मौन छन् ।

सिमा क्षेत्रमा बिगत लामो समयदेखि सर्वसाधारणबाट रकम असुल्ने काम हुँदै आएता पनि रकम लेनदेनमा प्रहरीसँग सर्वसाधारणको कुरा नमिले पछि विवाद बाहिरिएको छ । विवाद भएको थाहा पाएपछि घटना स्थलमा पुगेका पत्रकारलाई समेत दुर्व्यवहार गर्दै क्यामेरा खोसेर प्रहरीले धम्की दिएको छ ।

यसरी नेपाल प्रहरीबाटै आपराधिक क्रियाकलापलाई संरक्षण भइरहनु तर ईलाका प्रहरी कार्लायालयलाई जानकारी नहुनु लाजमर्दाे कुरा हो । लामो समयदेखि यस्तो गतिविधि भइरहनु तर प्रहरी कार्यालयलाई थाहा नहुनुले नेपाल प्रहरीको नियतमा शंका गर्ने ठाउँ प्रशस्त रहेको देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);