धनगढीको खप्तड मेडिकलका विद्यार्थी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

धनगढीको खप्तड मेडिकलका विद्यार्थी आन्दोलित

तेज बोहरा
कैलाली, ११ बैशाख । पछिल्लो समय च्याउँ झै उम्रेका सिटीइभिटीका प्राविधिक शिक्षालयहरुले ब्रम्हलुट मच्याई रहेका छन् । साढे चार लाख रुपैयाँ तिरेर तीन बर्षसम्म सामान्य चिकित्सा अध्ययन गरेका विद्यार्थीहरुले प्रयोगात्मकको लागि उचित अस्पताल नपाउँदा आन्दोलित हुनु परेको अवस्था छ।

धनगढीमा रहेको खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्सेका विद्यार्थीहरु प्रयोगात्मकका लागि उचित अस्पताल नपाउँदा आन्दोलित भएका छन् । लामो समयदेखि सरकारी अथवा गुणस्तरीय उपयुक्त स्रोत साधन र प्रविधियुक्त अस्पतालमा प्रयोगात्मकको लागि माग गर्दै आएका विद्यार्थीहरु बुधबारदेखि आन्दोलित भएका हुन् ।

हेल्थ साईन्सको स्वास्थ्य सहायक (एचए) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु हेल्थ साईन्सले आफू अनुकुलको अस्पतालमा प्रशिक्षार्थी (ओजीटी) का लागि पठाउन थालेको भन्दै आन्दोलित भएका हुन् ।

झण्डै एक महिनादेखि आन्दोलनमा रहेका विद्यार्थीले हेल्थ साईन्समा पनि तालाबन्दी गरेका छन् । आफुहरुलाई सुरुमा बिद्यालयले सेती अञ्चल अस्पतालमा ओजेटीको व्यवस्था गर्ने भन्दै भर्ना गरेको र अहिले आएर आलटाल गरेर सिक्नका लागि पर्याप्त अवसर नभएको अस्पतालमा पठाएको विद्यार्थीहरुको गुनासो छ ।

यता खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्सका प्रधानध्यापक भुवन ठकुराठीले भने पद्यमा अस्पतालबाट प्रशिक्षार्थीका लागि स्वीकृति लिइसकेको बताए । उनले सेती अस्पतालले प्रशिक्षार्थीका लागि स्वीकृति नदिँएकाले पद्यमा अस्पतालमै पठाउनु परेको जानकारी दिए ।

खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्सका फाउन्डर तथा सञ्चालक तिर्थ पन्तले विद्यार्थीहरुले सिक्नु पर्ने कुराहरु पद्य अस्पतालमा पनि सिक्न सक्ने जिकिर गरे । उनले कुनैपनि हालतमा पद्य अस्पताल बाहेक अन्य सरकारी अस्पतालमा ओजेटी गर्ने व्यवस्था गर्न नसकिने बताए ।