श्रमिकहरुको श्रमको सम्मान गर्न उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

श्रमिकहरुको श्रमको सम्मान गर्न उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह

matrika yadav

काठमाडौं, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुलाई श्रमिकहरुको श्रमको सम्मान गर्न आग्रह गरेका छन् । मन्त्री यादवले श्रमिकहरुको श्रमको बलमा मालिक बन्न पाएका उद्योगीहरुले उनीहरुको पारिश्रमिक वृद्धि गरेमात्रै आफ्नो उद्योगको उत्पादनमा वृद्धि हुन्छ भन्ने सच्याईलाई भुल्न नहुने स्पष्ट पारे ।

नेपाल पश्मिना उद्योग संघको १८ औं वार्षिक साधारण सभालाई शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उनले आफ्नो उद्योगको उत्पादन बढाउनका लागि पनि उद्योगीहरुले श्रमिकहरुको श्रमको सम्मान र माया दुवै गर्नुको विकल्प नरहेकोे स्पष्ट पारे ।

मन्त्री यादवले नेपालको पश्मिना व्यवसाय ओरालो लाग्दै गएपनि सो समस्या समाधानका लागि पश्मिना उद्योगहरुले सरकारसँग परामर्श समेत गर्न नचाहेको बताए । विश्व बजारमा नेपाली पश्मिनाको पहिचान रहेको उल्लेख गर्दै त्यसको प्रवर्द्धनका लागि सरकार उद्योगीहरुसँग सहकार्य गरेर अघि बढ्न प्रतिवद्ध रहेको मन्त्री यादवको भनाई छ ।

मन्त्री यादवले निजी क्षेत्रले उद्योगको प्रवद्र्धनका लागि सरकारसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);