खर्च पारदर्शी बनाउन माग | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

खर्च पारदर्शी बनाउन माग

pradesh-sabha-1

जनकपुरधाम, ४ बैशाख ।  नेपाली कांग्रेस र नेकपाले प्रदेश सरकारले गरेको खर्च पारदर्शी बनाउन माग गर्दै प्रदेश २ को सदन अवरुद्ध गरेको छ । मंगलबारको प्रदेशसभा बैठकमा बोल्दै नेकपाका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकार समानुपातिक हिसाबले प्रत्येक निर्वाचन क्षेत्रमा विकासे बजेट कार्यान्वयनमा ल्याउने भद्र सहमति गरे पनि सरकार सो अनुरूप चल्न नसकेको आरोप लगाए ।

प्रदेशसभा सदस्य विश्वकर्माले जनता आवास कार्यक्रमका लागि प्रदेश सरकारले तयार पारेको नमुना कार्यविधि सच्याउन मागसमेत गरे । उनले केन्द्र सरकारले जनता आवास कार्यक्रमको संयोजक निर्वाचन क्षेत्रको जनप्रतिनिधि रहने व्यवस्था गरे पनि प्रदेश सरकारले जिल्ला स्तरीय संयोजक तोकेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए । उनले भने, ‘एउटा माननीय हाकिम हुने अनि एउटा माननीय सामान्य ।’

अर्का प्रदेशसभा सदस्य उपेन्द्र कुशवाहाले सरकारले गर्ने गरेको खर्च अपारदर्शी भएको भन्दै रोष प्रकट गरे । उनले सरकारले कुन शीर्षकमा कहाँ खर्च गरिएको छ सो सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारसँग माग गरे । । विपक्षी दलको अवरोधपछि प्रदेशसभाको बैठक आगामी ११ वैशाखसम्मका लागि स्थगित गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);